अन्य दलसँग छलफल गर्न भन्दै माओवादी केन्द्रको बैठक स्थगित
                        
                        
                                                
                                            
                        आज अपराह्नका लागि बोलाइएको नेकपा ९माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगन गरिएको छ । सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगन भएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए ।
विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मङ्गलबार स्थायी समिति बैठक बस्ने उनले बताए । समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको थियो ।
                        
                    
                प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

