हिमाल दैनिक
कोरोनाको कहरमा गोदरेजले ल्यायो भिरोशिल्ड
viroshield-gordej
नेपालमा केहि दिन यता कोरोनाको नयाँ भेरिएन्ट देखा परेको छ। नेपालमा दैनिक हजार भन्दाबढीमा कोरोनाको संक्रमण देखिदै गएको छ । अहिले महामारीको यस्तो विषम परिस्तिथिलाई मध्यनजर गर्दै गोदरेजले नयाँ भिरोशिल्ड नेपाली बजारमा पनि बिक्रि वितरण गर्न सुरु गरेको छ । यस भिरोशिल्डले २ देखि ६ मिनेटमा कोरोना भाइरस लगायत अन्य रोगजनक किताणुलाई ९९ प्रतिशत डिसइन्फ़ेक्ट गर्दछ। यस भित्र भीरोशिल्डमा विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, ट्याब्लेट, वालेट, गर गहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, कागजात राखी डिसइन्फ़ेक्ट गर्न सकिन्छ । उक्त भीरोशिल्ड ३० लिटर क्षमतामा नेपाली बजारमा पहिनछ। यसलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्जले पनि प्रमाणीकरण गरेको छ । नेपालमा यसलाई गोदरेजको अधिकारी बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओलले बिक्रि गरेको छ । गोदरेजका उपकरणहरू पछिल्लो समय नेपालकै सर्वाधिक रुचाइएको घरायसी ब्रान्ड मध्ये एक बनेको छ। नेपाली बजारमा गोदरेजका सिंगल डोर फ्रिज, डबल डोर फ्रिज, वासिंग मेसिन, माइक्रो ओभन, चेस्ट फ्रिजर जस्ता घरायसी सामग्रीहरु उपलब्ध छन। गोदरेजले नया उत्पादनलाई अग्रसर गर्दै, गोदरेजले भीरोशिल्ड भन्ने नयाँ सामाग्री उत्पादन गरेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update