नेपालमा बिहीवार थप २४ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार १ पिसिआर परिक्षणका क्रममा २३ सय ६५ र ४४७ एन्टीजेन परिक्षणका क्रममा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९२ हजार १५२ पुगेको छ । त्यस्तै थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ११७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २५२ जना कोरोनमुक्त भएका छन् ।
नेपालमा हालसम्म दुई लाख ७६ हजार ३४५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । हालस १२ हजार ६९० जना आइशोलेशन र ८१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २३ लाख ७९ हजार ४०२ वटा पिसिआर परिक्षण गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय