जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताएका छन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो समूहले आज कार्यकारिणी समितिको बैठक बोलाएकामा असन्तुष्टि जनाउँदै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै जसपाको कुनैपनि बैठक नडाकिएको स्पष्ट पारेका हुन् ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नडाकिएको र त्यस्तो कुनै जानकारी नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता अध्यक्ष यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई समूहले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको जिकिर गरेको छ ।
पार्टी कार्यालय बबरमहलमा बसेको सो पक्षको बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको चयन गरेको बिषयमा औपचारिक जानकारी नभएको भन्दै सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि जसपा संघीय परिषद् अध्यक्ष डा भट्टराईले संसदीय दलको बिधानको प्रक्रिया पुरा नभएको र पारित पनि नभएको अवस्थामा दलको नेता चयन गर्न नमिल्ने बताए ।
सहमतिबिना महतोलाई संसदीय दलको नेता चयन गरियो: भट्टराई

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय