पोखराका विद्यालयको वार्षिक परिक्षा नगर्न महानगरपालिकाको निर्देशन
                        
                        
                                                
                                            
                        पोखरा नगरपालिकामा रहेका विद्यालयहरुको वार्षिक परिक्षा नहुने भएको छ । मंगलबार पोखरा महानगरपालिका शिक्षा महाशाखाले गरि गरेको प्रेस बिज्ञप्ति अनुसार कोरोना महामारीको कारण भौतिक रुपमा परिक्षा संचालन गर्न नसकिने भन्दै यस अघि सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन दिएको हो ।
महानगरले शैक्षिक शत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य असार १ गतेबाट मात्र सुरु हुने गरी निर्णय भएकाले भन्दै महानगरले विद्यालयका नाममा सूचना जारी गरेको पोखरा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिएका छन् ।
कक्षा ८ को वार्षिक परिक्षाको सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने बताइएको छ ।
                        
                    
                
                        प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

