बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु
                        
                        
                                                
                                            
                        बाँकेका अस्पतालमा आज थप पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप पाँचजना सङ्क्रमितको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ निवासी ५१ वर्षीय पुरुषको विहान ८ः३० बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ५७ वर्षीय पुरुषको विहान ८ः३५ बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ निवासी ५० वर्षीय पुरुषको दिउँसो १ बजे र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ६ निवासी ५७ वर्षीय पुरुषको दिउसो २ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं.१० रुकुमपूर्व निवासी ६० वर्षीय पुरुषको विहान ८ः४० बजे मृत्यु भएको हो । यसअघि गएराती बाँकेका दुई अस्पतालमा चार जनाको मृत्यु भएको थियो ।
योसँगै सङ्क्रमणका कारण हालसम्म जिल्लामा उपचारका लागि बाहिर जिल्लाबाट आएका दुई सय जना र जिल्लाकै दुई ४५ गरी चार सय ४५ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

