
नेकपा एमालेका माधव नेपाल पक्षका २३ सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेका छन्।माधव नेपाल पक्षका नेता नेता विरोध खतिवडाले केहि नेताहरु जिल्ला बाहिर रहेको र सर्वोच्च अदालतले सक्कल हस्ताक्षर नै खोज्ने भएकाले २३ जनाले हस्ताक्षर गरेको जानकारी दिए । अन्य केहिले पनि हस्ताक्षर गर्ने भनेपनि उपत्यका बाहिर रहेकाले सम्भव नभएको खतिवडाले बताए ।
उनले भने, 'केही साथीहरु बाहिरी जिल्लामा हुनुहुन्छ । अदालतले सक्कली दस्तखत खोज्छ । नेपाली कागजमा खोज्छ । ओरिजिनल सिग्नेचर खोज्छ । १४९ घटबढ हुँदा पनि फरक पर्दैन । १३६ बहुमत पुग्छ ।'
त्यस्तै उनले बालुवाटारलाई देखाउनका अगि पनि सबै जना अदालतमा उपस्थित हुने जानकारी दिए। 'तर यहाँ नक्कली हस्ताक्षर भयो भनेर स्यालहुइयाँ हुन्छ भनेर मात्रै हो । त्यो बहुमतको हस्ताक्षर त बालुवाटार र मिडियालाई देखाउनका लागि हो । मान्छे भएनन् दुईजनामात्रै गयो भनेर स्यालहुइयाँ हुन्छ भनेर पुर्याउन खोजिएको हो ।' उनले भने।
एमालेका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल निरादेवि जैरू, सरलाकुमारी यादव, कल्याणी खड्का लक्ष्मी चौधरीले हस्ताक्षर गरेका छन् । यस्तै, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडाले हस्ताक्षर गरेका छन् ।
“विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्, तिनलाई पनि थप स्पष्टीकरण सोधिने छ”, शेरबहादुर तामाङले भने।
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै माग नेकपा एमालेको माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।
फोटो : रोशन फोटो : रोशन सापकोटासापकोटा[/caption]
बहुमत सदस्यको हस्ताक्षर पेस गर्दा पनि राष्ट्रपति बिद्यादेवी भण्डारीले आफुलाई प्रधानमन्त्रीमा नियुक्त नगरी मध्य रातमा संसद विगठन गरेपछि कांग्रेस सभापति शेर बहादुर देउवाले बिपक्षी गठबन्धनको तर्फबाट राष्ट्रपति र सरकारविरुद्ध सर्वाच्चमा मुद्दा दर्ता गराउने भएका छन् ।
देउवालाई सपोर्टमा गर्ने एमाले सांसदलाई कारबाही गर्ने तयारी, स्थायी कमिटी बैठक बस्दै

देउवालाई प्रधानमन्त्री बनाउन माधव पक्षका यी सांसदले गरे हस्ताक्षर

देउवाले गरे हस्तक्षार
[caption id="attachment_23410" align="alignnone" width="2048"]
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय