नेपाली कांग्रेस सांसद गगनकुमार थापाले आज करिब ५४ प्रतिशत सांसदले हस्ताक्षर गरेको बताएका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलले रिट दायर गरेका छन् । अदालतबाट बाहिरिने क्रम पत्रकारहरुसंग कुरा गर्दै थापाले भने, ‘अदालतले संविधानको धारा हेरेर, केही समयअघि अदालत आफैँले गरेको व्याख्याको आधारमा हामीले दायर गरेको रिटको पक्षमा दायाँ बायाँ गर्दैन भन्ने विश्वास ।’ उनले भने, ‘करिब ५४ प्रतिशत सांसद आएर रिट दायर गरेका छौँ ।’
त्यस्तै उनले प्रधानमन्त्रीले संबिधान उल्लंगन गरेका कारण पटक पटक अदालत आउनु दुर्भाग्य भएको बताए। उनले भने ‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उल्लंगन गरेकोले पटकपटक अदालत आउनुपर्यो। पटकपटक अदालत आउनु दुर्भाग्य हो।’
नेकपा एमालेका माधव नेपाल पक्षका २३ सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेका छन्।माधव नेपाल पक्षका नेता नेता विरोध खतिवडाले केहि नेताहरु जिल्ला बाहिर रहेको र सर्वोच्च अदालतले सक्कल हस्ताक्षर नै खोज्ने भएकाले २३ जनाले हस्ताक्षर गरेको जानकारी दिए । अन्य केहिले पनि हस्ताक्षर गर्ने भनेपनि उपत्यका बाहिर रहेकाले सम्भव नभएको खतिवडाले बताए ।
“विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्, तिनलाई पनि थप स्पष्टीकरण सोधिने छ”, शेरबहादुर तामाङले भने।
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै माग नेकपा एमालेको माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।
फोटो : रोशन फोटो : रोशन सापकोटासापकोटा[/caption]
बहुमत सदस्यको हस्ताक्षर पेस गर्दा पनि राष्ट्रपति बिद्यादेवी भण्डारीले आफुलाई प्रधानमन्त्रीमा नियुक्त नगरी मध्य रातमा संसद विगठन गरेपछि कांग्रेस सभापति शेर बहादुर देउवाले बिपक्षी गठबन्धनको तर्फबाट राष्ट्रपति र सरकारविरुद्ध सर्वाच्चमा मुद्दा दर्ता गराउने भएका छन् ।
नक्कली हस्ताक्षर भयो भनेर स्यालहुइयाँ हुन्छ भनेर हामी अदालत जान लागेका हौ: खतिवडा

देउवालाई सपोर्टमा गर्ने एमाले सांसदलाई कारबाही गर्ने तयारी, स्थायी कमिटी बैठक बस्दै

देउवालाई प्रधानमन्त्री बनाउन माधव पक्षका यी सांसदले गरे हस्ताक्षर

देउवाले गरे हस्तक्षार
[caption id="attachment_23410" align="alignnone" width="2048"]
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय