कोरोना अपडेट: ८६३६ संक्रमित, १६९ को मृत्यु, ६,४०४ संक्रमणमुक्त
                        
                        
                                                
                                            
                        नेपालमा मंगलबार थप ८ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २२ हजार ३०६ पिसिआर परिक्षणका क्रममा ८ हजार ३ सय ८७ र ६३० एन्टीजेन परिक्षणका क्रममा २४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १६९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार सात सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार चार सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा चार लाख ४ हजार ८ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १ लाख १७ हजार २६१ सक्रिय संक्रमित आइशोलेशनमा र ९१४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २९ लाख ५८ हजार ६२० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
 
                        
                    
                प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

