हिमाल दैनिक
गत बर्ष जस्तै यस बर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नहुने भएको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले यसपाली पनि एसइई परिक्षा अन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो । यस वर्षको एसइई जेठ १३ गतेलाई तोकिएको थियो । अब विद्यालयहरुले बिद्यार्थीको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने पर्नेछ । सोहि आधारमा शिक्षा विकास तथा समन्वय इकाईले त्यसलाई प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । उक्त विवरणका आधारमा बोर्डले नतिजा सार्वजनिक गर्नेछ । कोरोनाका कारण गत बर्ष पनि एसईई परिक्षा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्बजनिक गरिएको थियो। अघिल्लो बर्ष तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको थियो जसमा विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षकहरुले पहिलो त्रैमासिकको १० प्रतिशत, दोस्रो त्रैमासिकको ३० प्रतिशत र तेस्रो त्रैमासिकको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरि विवरण पठाईएको थियो। गत बर्ष एसईई परिक्षा संचालन हुनुभन्दा एकदिन अघि परीक्षा स्थगित गरिएको थियो । कोरोनाका कारण यस बर्षको शैक्षिक गतिविधि राम्रो संग संचालन हुनसकेको थिएन । प्रबिधिको पहुच भएका ठाउँहरुमा अनलाइन मार्फत नै कक्षा संचालन भएका थिए भने प्रविधिको पहुच नभएका ठाउँमा भने कक्षा संचालनमै आएका थिएनन् । यस बर्ष बिद्यार्थीहरुले पूरै अवधि पढ्न पाएका छैनन् । धेरै ठाउँ कोर्स नै पूरा हुन सकेको छैन ।  
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update