जसपाको विवाद टुंग्याउन निर्वाचनद्वारा पाँच सदस्यीय इजलास गठन
                        
                        
                                                
                                            
                        जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद टुंग्याउन निर्वाचन आयोगले आवश्यक प्रक्रिया सुरु गरेको छ । बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो ।
बैठकले सुनुवाका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने समेत बैठकले निर्णय गरेको छ । यसअघिको छलफलमा दुवै पक्षले आ आफ्नो आधिकारिकता दावी गर्दै एकता सम्भव नरहेको बताएपछि आयोगले वैधानिक ढंगले विवाद समाधानको प्रयास थालेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले दुवै पक्षबाट लिखित जवाफ आएको १५ दिनभित्रै निरुपण गर्ने बताए ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ मा ‘विवादका पक्षहरू उपस्थित भई विवाद निरुपण गर्न सहमत भएमा आयोगले पक्षहरूबीच भएको सहमति बमोजिम विवाद निरुपण गर्ने’ उल्लेख गरिएको छ । तर छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुने आयोगले जनाएको छ ।
                        
                    
                प्रकाशित मिति: बुधबार, असार २३, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    