सर्वोच्चको आदेशले लोकतन्त्रलाई सहि दिशामा फर्काएको जसपा यादव पक्षको निष्कर्ष
                        
                        
                                                
                                             
                                                
                        जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले सर्वोच्चको आदेशले लोकतन्त्रलाई सहि दिशामा फर्काएको निष्कर्ष निकालेको छ ।
बालकुमारीमा सोमबार बसेको काठमाडौंमा उपलव्ध कार्यकारीणि सदस्यको बैठकले खतरामा परेको लोकतन्त्रलाई सर्वोच्चको आदेश सहि दिशमा फर्काएको निष्कर्ष निकालेको हो ।
त्यस्तै बैठकले गठबन्धनलाई संसदको समय बाँकी रहेसम्म निरन्रता दिनुपर्नेमा जोड दिएको छ । त्यस्तै बैठकले सरकारमा जाने निर्णय गरेको छ । अहिले जसपाको अनौपचारिक बैठक बसेको र छिटै औपचारिक बैठक बसेर आवश्यक निर्णय गरेको जसपा नेता डम्बर खतिवडाले जानकारी दिए ।
पार्टीभित्रको विवाद संगै उपेन्द्र पक्षमात्र पाँच दलिय गठबन्धनमा आवद्ध छ भने महन्थ ठाकुर पक्षले केपी ओली नेतृत्वको एमालेलाई समर्थन गर्दै आएको छ ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, असार २९, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    