देउवाको पक्षमा मत दिन झाँक्रीको अपिल
                        
                        
                                                
                                             
                                                
                        नेकपा एमाले सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा पार्टीले संस्थागत निर्णय गरि मत दिन आग्रह गरेकी छिन् ।
सरकारले आज बस्ने संसदमा बिश्वासको मत लिने प्रसताव दर्ता गरे लगत्तै झाँक्रीले अदालतको आदेश र जनताको चाहना बमोजिम संसदको पूर्ण कार्यकालका लागि र आँफुहरुले लिएको अडानका लागि पनि देउवाको पक्षमा सकेसम्म सिंगो पार्टीले र नभए अदालतमा परमादेशका लागि पुगेका २३ जना सदस्यले मत दिन अपिल गरेकी हुन् ।
उनले आफ्नो सामाजिक संजाल ट्वीटरमा भनेकी छिन्,'हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ।अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ।त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।'
 
                        
                    
                 
                        प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    