निरंकुश प्रवृत्तिको हार भयो, संविधान र जनताको जित भयो: माधव नेपाल
                        
                        
                                                
                                             
                                                
                        नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र र संविधानको जित भएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि संसद्बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले निरङ्कुश प्रवृत्तिमाथि जित भएको बताएका हुन्। उनले भने, ‘निरंकुश प्रवृत्तिको पराजय भएको छ । संविधान, संविधान निर्माणको भावना र जनताको जित भएको छ ।’ राजनीतिक निकास र स्थायित्व दिदैन भनेको प्रतिनिधि सभाले सरकार दिएको उनले बताए ।
                        
                    
                प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    