पौडेल पक्षका नेताहरु भन्छन्: कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न हुँदैन
                        
                        
                                                
                                             
                                                
                        नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न नहुने निष्कर्ष निकालेको छ ।
महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको सो पक्षका नेताहरुले क्रियाशील सदस्यता छानबिनको काम छिटो भन्दा छिटो सकेर तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
कोरोना महामारीलाई देखाउदै सो अवधीलाई शुन्य समय मानेर केहि समय महाधिवेशन सार्ने प्रयत्न भइरहेकाले त्यस्तो हुन नसक्ने कांग्रेस नेता अर्जुन नरसिंह केसीले बताए । उनले स्थगीत भएको वडा कमिटीको अधिवेशन पनि छिटो हुनुपर्ने बताए ।
कांग्रेस क्रियाशील सदस्यता विवादले वडा तहको अधिवशेन स्थगित भइसकेको छ । भदौमा हुने महाधिवेशन पनि समयमै हुनेमा शंका उत्पन्न भएको छ ।
                        
                    
                प्रकाशित मिति: आइतबार, साउन १०, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    