जसपाको आधिकारिकता आयोगले यादव पक्षलाई दियो, अब ठाकुर पक्षले अर्को दल दर्ता गर्नुपर्ने
                        
                        
                                                
                                             
                                                
                        निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता प्रदान गरेको छ ।
निर्वाचन आयोगमा सोमवार भएको केन्द्रीय कार्यकारिणी समितिको सनाखद पश्चात आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले कार्यकारिणी समितिको सनाखद पछि यादव पक्षलाई आधिकारिकता प्रदान गरेको जानकारी दिए । उनsले यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ सदस्य हाजिर भएको बताए । त्यस्तै एक जना तटस्थ रहेको श्रेष्ठले बताए । आयोगले ठाकुर पक्षलाई अर्को दल दर्ता गर्नसमेत सूचना जारी गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सनाखदका क्रममा जसपा बन्दाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिक मान्दै निर्वाचन आयोगले सनाखदका लागि सबै सदस्यलाई आयोगमा बोलाएको थियो । आधिकारिकता पाएसँगै अब जसपाको चुनाव चिन्ह, नाम, झण्डा यादव पक्षले पाउने छ ।
                        
                    
                प्रकाशित मिति: सोमबार, साउन ११, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    