हिमाल दैनिक
नेपाल पक्षको नेकपाले भन्यो: 'सम्मानजनक एकता गर्नुस्'
madhav-kumar-nepal-nekapa
नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको सो पक्षको स्थायी कमिटी सदस्यको बैठकले आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए । उनले मुल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताए । पन्तले आफुहरुको गतिविधी र कामकारवाहीहरुले एकताको वातावरण भत्काउने काम नहुनेमा बैठकले जोड दिएको उनको भनाई छ । उनले भने “पार्टी एकतालाई कसरी पूर्णता दिने भन्ने विषयमा आजको बैठकमा छलफल भयो । सम्मानजनक एकता गर्नुस्, त्यसको प्रक्रिया पुर्याउनुस् । त्यसमै दुबै पक्षको भलो हुने नेताहरुले सुझाव दिनुभयो ।” बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसदलाई पूर्णकालसम्म सञ्चालन गर्ने बिषयमा पनि छलफल भएको पन्तले बताए ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update