हिमाल दैनिक
नेपालको संबिधान दिवसमा भारतद्वारा पहिलो पटक बधाई
narendra-modi
सात बर्ष अधि संबिधान सभाले नेपालको संबिधान जारी गर्दा असन्तुष्टि प्रकट गर्दै नेपालमाथि अघोषित नाकाबन्दी लागेको भारतले पहिलो पटक नेपालको संबिधान दिवसमा बधाई सन्देश दिएको छ । आइतबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संबिधान दिवसको उपलक्ष्य्म नेपाल जनता र प्रधानमन्त्री शेरबहादुर देउबालाई बधाई सन्देश पठाएका छन् । यस अघिका संबिधान दिवसहरुमा भारतले नेपालको संबिधानप्रति खासै चासो देखाएको थिएन । तत्कालिन संबिधान सभामा रहेका मदेशवादी दलहरुले संबिधानको बिषयमा गम्भीर आपत्ति प्रकट गर्दै बिरोधमा उत्रिएपछि भारतले तत्कालिन विदेश सचिव तथा हाल विदेशमन्त्री एस जय शंकरलाई नेपाल पठाएर संबिधान जारी नगर्न दबाब दिएको थियो । त्यसको बाबजुत नेपालका प्रमुख राजनिती दलहरुले संबिधान सभाबाट २०७२ असोज ३ गते नयाँ संबिधान जारी गरेपछि भारतले आफ्नो असन्तुष्टि ब्यक्त गरेको थियो । साथै आन्दोलनरत मदेशी दलहरुको समर्थनमा भारतले नेपालमाथि ६ महिनासम्म अघोषित नाकाबन्दी लादेको थियो । त्यसपछिका दिनमा भारतले नेपालको संबिधान जारी भएको बिषयमा आफुलाई जानकारीमा आएको मात्र भन्दै आएको थियो । यसरी ७ बर्ष सम्म जानकारीमा मात्र आएको बताउदै कुनै शुभकामना सन्देश नदिएको भारतले पहिलो पटक औपचारिक शुभकामना सन्देश पठाउनुलाई दुई देशको सम्बन्ध सुधार्न अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update