नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल

नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चयन भएका छन्। सर्वसम्मत रूपमा बुधबार कांग्रेस कीर्तिपुर नगर कार्यसमिति चयन गरिएको हो।
डंगोल पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन्। यस्तै उपसभापतिमा सुदन बस्नेत र राजिता महर्जन गौतम चयन भएका छन्।
सचिवमा भने इच्छाकुमार महर्जन र किरण केसी चयन भए। सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन चयन भएका छन्। यस्तै कोषाध्यक्षमा भने पवित्रा विष्टलाई मनोनित गरिएको छ। कांग्रेस विधानअनुसार कोषाध्यक्ष पदमा मनोनित गर्ने व्यवस्था छ।
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय