हिमाल दैनिक
पबजी न्यु स्टेट: नेक्स्ट जेनेरेसन ब्याटल रोयल
pubg-new-state
गेमिंग प्रेमीका लागि पबजी न्यु स्टेट रिलिज हुँदैछ । दक्षिण कोरियाको कम्पनी क्राफ्टॉनका अनुसार यो गेम नोवेम्बर ११ मा २०० भन्दा बढी देशहरुमा एण्ड्रोयिड र आइओस प्लेटफर्ममा रिलिज हुन लागेको हो । त्यसका लागि कम्पनीले २९ र ३० अक्टुबरमा २८ देशमा गेमको फाइनल टेस्टिङ्ग गर्दै छ । कम्पनीले गत फरवरीमा नै पबजी न्यू स्टेट गेम बनाउने घोषणा गरेको थियो । यो गेम रिलिज भन्दा पहिले नै एण्ड्रोयिड र आइओसमा ५० मिलियन भन्दा बढी प्रि-रजिस्ट्रेशन भईसकेको छ । गेमको घोषणा गरेपछि प्री-रजिस्ट्रेशन संसारभर सुरु गरिएको थियो । https://www.youtube.com/watch?v=htld_r86pfI युटुबमा लाइवस्ट्रीम इभेन्टमा क्राफ्टॉनले पबजी न्यू स्टेट संसारभर १७ अलग अलग भाषामा एक फ्री-टू-प्ले मोबाइल गेमको रुपमा सुरु हुने बताएको छ । सन् २०५१ को थिममा आधारित रहेको पबजी न्यू स्टेट नेक्स्ट जेनेरेसनलाई ब्याटल रोयल एक्सपीरिएंस दिलाउने कम्पनीले बताएको छ । यसमा नयाँ रेंडरिंग टेक्नोलोजी र १ गनप्ले सिस्टम पनि रहेको छ । यस तुलना अहिले पीसी भर्जन पब्जी ब्याटलगराउण्डस भैरहेको छ । पीसी र कन्सोलका लागि ओरिजिनल पब्जी गेमजस्तै यस मोबाइल गेममा ब्याटल रोयल गेम भर्जन पनि पब्जी स्टुडियोद्वारा बिकसित गर्ने छन्, जसमा नयाँ म्याप संगै राम्रो गेम प्ले हुनेछ ।  
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update