हिमाल दैनिक
बलिउड अभिनेता सलमान खान स्टारर फिल्म “अन्तिम:द फाइनल ट्रुथ” को ट्रेलर सार्वजनिक भएको छ । सोमबार रिलिज भएको अन्तिमको ट्रेलर एक्सनले भरपुर रहेको छ । यसमा फिल्ममा सलमान खान बाहेक आयुष शर्मा मुख्य भूमिका रहेको छ । फिल्ममा सलमान पुलिसको किरदारमा र आयुष ग्यांगस्टारको किरदारमा देखिएका छन् । फिममा सलमान र आयुष संग अलावा प्रज्ञा जायसवाल र महिमा मकवाना मुख्य भूमिकामा रहेका छन् । यो फिल्म हिन्दी, तमिल,लुगु, कन्नड़ र उड़िया गरि पांच भाषामा रिलिज हुँदै छ । यो फिल्म सलमान खानकै होम प्रोडक्सन ‘सलमान खान फिल्म्स’ ले निर्माण गरेको हो। यो फिल्म २६ नोभेम्बरमा सिनेमाहलमा रिलिज हुनेछ। https://www.youtube.com/watch?v=XFKz1DACGdE
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update