हिमाल दैनिक
'सत्यमेव जयते २'मा ट्रिपल रोलमा देखिए जोन अब्राहम
john-abraham
बलिउड अभिनेता जोन अब्राहम स्टारर फिल्म 'सत्यमेव जयते २' को रिलिज डेट सार्वजनिक भएको छ । सो फिल्म अब २५ नोभेम्बरमा रिलिज हुनेछ । सोमबार टि सिरिजको युटुभ च्यानलबाट रिलिज भएको ट्रेलरमा जोन ट्रिपल रोलमा देखिएका छन् । जोनसंग यस फिल्ममा दिव्या खोसला कुमार मुख्य भूमिकामा देखिएकी छिन् । यस फिल्ममा उनको नाम सत्या, जय र दादा साहेब आजद रहेको छ । ट्रेलरमा देखिए अनुसार सत्या नेता, जय पुलिसको भूमिका रहेको छ भने यी दुई दाजुभाई हुन् । उनका बुवा दादा साहेब आजदको भारतलाई भ्रस्टाचार मुक्त गर्ने सपनामा यी दुई लागेका छन् । जयको अवतारमा पनि जोन दुई भूमिकामा देखिएका छन् । एक नेता र एकमा उनको पहिचान लुकाइएको छ । https://www.youtube.com/watch?v=e6VZiwlzhSw
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update