हिमाल दैनिक
ब्रह्मास्त्र'को शुटिंगपछि बिहे गर्दै छन् रणबीर-आलिया!
aliya-ranbir
बलिउड अभिनेता रणबीर कपुर र अलिया भट्टको प्रेम सम्बन्ध लामो समयदेखि बलिउडमा चर्चाको बिषय बनिराखेको छ।अहिले उनीहरुको बिहेको बिषयलेयति बेला बलिउड तातिएको छ । संचार मध्यमका अनुसार रणबीर-आलिया चाडै नै वैवाहिक बन्धनमा बाँधिने भएका छन् । भारतीय संचार मध्यमका अनुसार रणबीर-आलिया डिसम्बरमा बिहे गर्ने पक्का भएको छ, जसका लागि तयारी पनि सुरु भैसकेको छ । बिहे कहाँ गर्ने भनेर दुवैका परिवार लोकेशन खोज्दै छन् । चाडै नै वेडिंग डेस्टिनेशल फाइनल हुने बताइएको छ । बिहेका लागि रणबीर र आलियाले आफ्नो कामबाट डेढ महिना ब्रेक लिएका छन् । दुवैले अहिले कुनै पनि प्रोजेक्ट साइन गरेका छैनन् । यतिखेर रणबीर लव रंजनको फिल्म 'ब्रह्मास्त्र'को फाइनल शेड्यूलको शुटिंगमा ब्यस्त छन् । बिहे अघि रणबिरको यो अन्तिम फिल्म हुनेछ । त्यस्तै यता अलिया भने अहिले आफ्नो बिहेको तयारीमा जुटेकी छिन् । बिहेकै कारण रणबीरले 'एनिमल' फिल्मको शुटिंग अर्को बर्ष गर्ने भएका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update