हिमाल दैनिक
सुर्यबंशी हन्ड्रेड करोड क्लबमा
suryavanshi
बलिउडका अभिनेता अक्षय कुमार र अभिनेत्री कटरिना केफ स्टारर फिल्म सुर्यबंशीले बक्स अफिस कलेक्सनको रेकर्ड तोडेको छ ।  सुर्यबंशी कोरोना महामारीका बीच यति ठुलो रकम कलेक्सन गर्ने पहिलो फिल्म बनेको छ । शुक्रबारदेखि भारतमा ३५०० स्क्रिन्समा रिलिज भएको यस फिल्मको पहिलो दिनको कमाई २६.२९ करोड, दोश्रो दिन २३.८५ करोड, तेस्रो दिन २६.९४ करोड र चौथो दिन १४.५१ करोडको कमाई गरेको छ । रिलिज भएको ४ दिनमा भारतीय बक्स अफिसमा मात्र कुल १०२.८१ करोडको कमाई गर्दै हन्ड्रेड करोड क्लबमा आफ्नो स्थान बनाएको छ । सन् २०२० मा रिलिज भएको ताण्हाजी द अनसँग वारियर पछि हन्ड्रेड करोड क्लबमा शमिल हुने यो पहिलो फिल्म हो ।  
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update