हिमाल दैनिक
नतिजा प्रकाशनमा गम्भीर बन्न राष्ट्रिय परिक्षा बोर्डलाई शिक्षामन्त्री पौडेलको निर्देशन
devendra-poudel
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नतिजा प्रकाशनमा गम्भीर बन्न राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन दिएका छन् । शुक्रबार बोर्डको अनुगमनका गर्न सानोठिमी पुगेका मन्त्री पौडेलले कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको गुनासो आएको भन्दै प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिएका हुन् । उनले परिवर्तित अवस्थामा परीक्षा बोर्डलाई चुस्त दुरुस्त राख्नुपर्ने बताए । त्यस्तै मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएकोप्रति संवेदनशील बन्न पनि आग्रह गरे । “परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ”, उनले भन्ने, “यदी त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी सम्वेदनशील हुनुस् ।” परीक्षा बोर्डमा भएका समस्याको टिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन मन्त्रीले कर्मचारीलाई निर्देशन दिए । “जनशक्ति, भौतिक पूर्वाधार निर्माण र कमजोर आइटी पूर्वाधारलगायत समस्या छन्”, मन्त्री पौडेलले भने, “यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा पनि ल्याउनुृस्, छलफल गरेर समाधान गरौँ ।” उनले बोर्डमा भएका नितिगत समस्याहरुलाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update