कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा उनले ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिए ।
निर्वाचनमा उपसभापति द्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्री द्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित भएका हुन् । यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी बन्नुभएको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय