सर्वशक्तिमान हुँ भन्ने शशांकले मैदान छाडे, बाँकी तीनमा कमान्डर को बन्ने होडबाजी कायमै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाधिवेशनबाट पराजित गर्न आफु बाहेक कसैले नसक्ने दावी गर्दै आएका महामन्त्री शशांक कोइराला मैदानबाट बहिरिएका छन् ।
मंगलबार दिनभरि नै चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको इतर समूहको बैठकमा कोइराला समूहको सर्वशक्तिमान प्रतिद्वन्द्वी हुँ भन्ने महामन्त्री कोइराला युद्ध मैदानमा जानु अघि नै मनोबैज्ञानिक त्रासमा सभापतिको उम्मेदवार भन्ने अस्त्र बिसाएका छन् ।
पार्टी नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सहितको विपक्षी मोर्चाबाट सभापति देउवालाइ हराउन एकल उम्मेदवार तय गर्न बसेको बैठकमा शशांक पछि हटेपछि उक्त समूहका तीन आकांक्षी मैदानमा बाँकी रहेका छन् ।
महामन्त्री कोइरालाले नेता पौडेललाई समर्थन जनाउदै पछि हटेपछि यसको लाभ केहि हदसम्म नेता पौडेललाई भएको छ । त्यसका बाबजुत प्रकाशमान र शेखरले सभापतिको दाबी नछाडेपछि कांग्रेस इतर समूहले बुधबार राजधानीमा आइपुगेका महाधिवेशन प्रतिनिधिहरुको सुझाब अनुसार उम्मेदवार तय गर्ने तयारी भईरहेको छ । यसका लागि इतर पक्षका महाधिवेशन प्रतिनिधिहरुलाई बानेश्वर स्थित अनुपम फुड ल्याण्डमा बिहान ९ बजे बोलाइएको छ ।
उक्त भेलामा पार्टी नेता पौडेल मात्रै उपस्थित हुने र प्रतिनिधिहरुको राय सुझाब बमोजिम नेताहरुको अर्को बैठकमा निर्णय सुनाउने भनिएको छ । आजको भेलाले दिएको मौखिक सुझावको आधारमा पनि सहमति नबने भोलिसम्ममा मिनी पोल कै मध्यमबाट भएपनि एकल उम्मेदवार बनाउने तयारी उक्त समुहले गरिरहेको छ । यसका अतिरिक्त पार्टी नेता पौडेलले आफु केहि समयका लागि भएपनि सभापति पदमा सहमति जनाउन र आगामी निर्वाचन लगत्तै आफ्नो समुहको नेताहरुबीच प्रधानमन्त्री, राष्ट्रपति र कार्यबाहक सभापतिको बाँडफांड गर्ने उदारो आश्वासन दिएको नेताहरुले बताएका छन् ।
यसका बाबजुत पनि नेता सिंह र कोइराला पौडेलप्रति लाचिल्लो हुन सकिराखेको छैनन्। उता सभापति देउवा भने लामो समय देखि आफुसंगै रहेर काम गर्दै आएका उपसभापति बिमलेन्द्र निधिको बहिर्गमनबाट हुन सक्ने घाटालाई के कसरी क्षतिपूर्ति गर्न सकिन्छ भन्ने अन्तरिक गृहकार्यमा लागि रहेका छन् ।
अघिल्लो अधिवेशनमा भएको भद्र सहमति बमोजिम सभापतिमा आफुलाई समर्थन गर्नुपर्ने अडान राख्दै देउवाबाट ताडिएका उपसभापति निधि
सभापतिको उम्मेदवारी कायमै राख्दै अघि बढी रहेका छन् । देउवाको दाबी कायम रहंदा निधिको दाबी उक्त समूह भित्र फितलो बनेपछि निधिको पक्षमा खासै नेताहरु खुल्न सकेका छैनन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय