हिमाल दैनिक
राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकट सार्वजनिक
gyanendra-karki (4)
सरकारले राष्ट्रकवि डा.माधव घिमिरेको योगदानको सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेका हुन् । राष्ट्रकवि डा माधव प्रसाद घिमिरे , जन्म बिसं १९७६ असोज ७ उल्लेखित उक्त हुलाक टिकट १० रुपैयाँको छ । कार्यक्रममा मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेले आफ्ना रचना नेपाली जनतामाफ सम्पतीका रुपमा छाडेर गएको भन्दै धर्ति रहुन्जेल उनलाई स्मरण गरिने बताए । राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन हुनु राष्ट्रका लागि गौरवको विषय भएको र उनि नेपालीको प्रेरणाको स्रोत रहिरहने कार्कीको भनाई छ । उक्त हुलाकटिकटको डिजाईन पुमा कला लिम्वुले गरकी हुन।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update