हिमाल दैनिक
संविधान संशोधन गर्न अब ढिला नगरौँः उपेन्द्र यादव
upendra-yadav
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्रले लोकतान्त्रिक विधि, पद्धतीको सार्थक अवलम्बन गर्दै समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता व्यवहारमा गर्न संविधान संशोधनमा ढिलाइ गर्न नहुने बताए। कांग्रेसको १४औं महाधिवेशनको सफलताको शुभकामना दिन पुगेका नेता यादवले अहिले पनि मधेसी, थारु, आदीवासी जनजाती अधिकारको समान उपभोग गर्नबाट बञ्चित भएको बताए। देशको पुरानो लोकतान्त्रिक कांग्रेस रहेको बताउँदै उनले उक्त पार्टीको महाधिवेशनको सफलताको कामना गरे।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update