हिमाल दैनिक
आज स्पाइडर म्यान र पुष्पा रिलिज हुँदै, चपली हाइट-३ को रिलिज डेट सारियो
pushpa-spiderman
कोरोना महामारीका कारण नेपालमा करिव दुई बर्षदेखि बन्द भएको फिल्म हलहरुमा तिहार यता खुलेको छ। तिहारमा फिल्म हल खुलेपनि नेपाली फिल्म निर्माताहरुले भने आफ्नो फिल्म रिलिज गर्ने आट गरेनन। नेपाली फिल्महरुले भन्दा पनि दर्शकले अहिले बिदेशी फिल्महरु बढी रुचाएका कारण हलहरुमा अहिले विदेशी फिल्महरुको ताती लागेको छ । तिहारमा रिलिज बलिउड फिल्म सूर्यवंशीले नेपाली हलहरुमा दर्शकहरु ताने पनि नेपाली फिल्म निर्माताहरुले भने अझै आफ्नो फिल्महरु रिलिज गर्नसकेका छैनन् । तिहारपछि खुलेका हलमा फिल्म रिलिज गर्न डराएका फिल्म निर्माताहरु अहिले फेरी विदेशी फिल्मका कारण हतास हुन पुगेका छन् । आजबाट रिलिज हुने भनिएको चपली हाइट-३ फिल्म विदेशी फिल्महरुका कारण निर्माताहरुले रिलिज गर्ने आट गर्न सकेनन र रिलिज डेट पर सारिएको छ । चपली हाइट-३ फिल्मको रिलिज डेट पर सार्नुको कारण हो आजै रिलिज हुन लागेको साउथ इन्डियन र हलिउड फिल्म । आजबाट हलिउडको मार्भल फिल्म 'स्पाइडर म्यान : नो वे होम' र साउथ इन्डियन अभिनेता अल्लु अर्जुनको फिल्म पुष्पा रिलिज हुँदैछ । मार्भलको प्रोडक्सनको स्पाइडरम्यानप्रति विदेशीदेखि नेपाली दर्शकहरुको क्रेज छुट्टै छ । त्यस्तै यता साउथ इन्डियन फिल्म रुचाउने दर्शकहरुलाई पनि अल्लु अर्जुनको फिल्मको फिल्मको पनि छुट्टै क्रेज छ । यी दुवै फिल्म आज एकै साथ् रिलिज हुने भएपछि नेपाली फिल्म चपली हाइट-३ दुई हप्ता पछाडी सारिएको छ । निर्माण कम्पनी अर्जुन कुमार फिलिम्सले प्रेस बिज्ञप्ति सार्बजनिक गर्दै अब फिल्म पुष १५ गते रिलिज हुने जानकारी दिएको छ । उक्त बिज्ञप्तिमा विभिन्न कारण फिल्म रिलिज डेट पर सारिएको भने पनि निर्माता अर्जुन कुमारले भने आफ्नो फिल्म विदेशी दुई फिल्मसंग प्रतिस्पर्धा गर्ने खोजेनन् । यस अघि नै उनले पुष्पासंग भिड्न परे फिल्म नै रिलिज नगर्ने प्रतिक्रिया दिईसकेका थिए । मल्टिप्लेक्स चेन क्युएफएक्समा मात्र स्पाइडरम्यानले काठमाडौंका छाया सेन्टर, लबिम मल, सिभिल मल, भाटभटेनी-भक्तपुर गरि अन्य स्थानमा ५५ भन्दा बढी सो पाएको छ । आज यी दुई फिल्महरु काठमाडौँ र काठमाडौं बाहिरका धेरै जसो हलहरुमा रिलिज हुँदैछ ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update