हिमाल दैनिक
सूर्यवंशीपछि ५ बलिउड फिल्म ब्याक-टु-ब्याक फ्लप, त्यसमा सलमानको अन्तिम पनि!
top-5 bollywood-film-after-corona
कोरोना महामारीपछि बलिउड अभिनेता अक्षय कुमारको फिल्म हलमा सुपरहिट साबित भयो। तिहारमा रिलिज भएको सूर्यवंशीले वोर्ल्ड वाइड २५० करोडभन्दा बढी कमाएको छ । तर, त्यसपछि रिलिज भएका बलिउड फिल्महरुले भने खासै कमाउन सकेनन । यस फिल्म कुनै पनि बलिउड फिल्मले ५० करोडको पनि कमाइ गर्न सकेको छैन । पछिल्लो समय रिलिज भएका ५ बलिउड फिल्म ब्याक टु ब्याक फ्लप भएका छन् । जसमा बलिउड अभिनेता सलमान खानको फिल्म अन्तिम पनि रहेको छ । करिब दुई बर्ष पछि खुलेका हलहरुमा सूर्यवंशीले बक्स अफिसमा प्रवेश गरेपनि त्यसपछिका फिल्महरुले भने खासै राम्रो प्रदर्शन गर्न सकेका छैन । त्यस लिस्टमा सलमान खान, सेफ अलि खान, जोन अब्राहमहरुको फिल्म सामेल छन् । उनीहरुको फिल्महरुले अहिले आफ्नो लगानी पनि उठाउन हम्मे हम्मे परेको छ । अक्षय कुमारको फिल्मपछि बलिउडमा सुनिल शेट्टीको छोराको डेब्यु फिल्म तड़पले केवल २२ करोडको कमाइ गरेको छ जबकी तड़पको लगानी नै २५ करोडको छ । त्यस्तै यशराज प्रोडक्सनको फिल्म बनटी अर बबली-२ ले पनि आफ्नो लगानी उठाउन सकेनन । ४० करोडको लगानीमा बनेको यो फिल्ममा सेफ अलि खान र रानी मुखर्जीको जोडीले पनि केहि कमाल गर्न सकेन र केवल १२ करोडको मात्र कमाइ गर्यो । त्यस्तै जोन अब्राहमले भने सत्यमेव जयते-२ मा आफ्नो पनि खासै कमाइ गर्ने सकेन । तीन रोलमा देखिएको जोनको फिल्ममे केवल १३ करोडको कमाइ मात्र गर्यो जबकि यसको लगानीनै ३८ करोडको छ । त्यस्तै अयुसमान खुराना र वानी कपूरको फिल्म चण्डीगढ करे आशिकीले पनि १८ करोडको मात्र कमाइ गरेको छ । यो फिल्म ४० करोडको लगानीमा निर्माण भएको हो । त्यस्तै, सलमान खानको फिल्मले पनि खासै कमाल गर्न सकेन । सलमान खानको फिल्मले प्राय बक्स अफिसमा रेकर्ड तोड्दै आइ राखेको छ । तर यस पटक भने सलमान खानको जादु अन्तिममा देख्न सकिएन । ४५ करोडको लगानीमा बनायो अन्तिम फिल्मले ४४ करोडको मात्र कमाइ गरेको छ । यसरी ५ फिल्मले आफ्नो कमै पनि उठाउन नसकेको अवस्थामा अब स्पोर्ट्स ड्रमा फिल्म '८३', साउथ इण्डियन फिल्म 'आरआरआर', पृथ्वीराज जस्ती फिल्महरुले बक्स अफिसमा राम्रो कमाइ गर्न सक्ने अनुमान लगाइएको छ। त्यस्तै अब यही महिना जर्सी र अर्को महिना 'शाबास मीठु’ बधाई दो’ र ‘अटैक’ जस्तो फिल्महरु रिलिज हुँदैछ । यस्तो अवस्थामा भने यी फिल्महरुले कस्तो कारोबार गर्छन र आफ्नो लगानी पनि उठाउन सक्छन कि सक्दैनन् भन्ने कुरा आगामी दिनमा देखाउने नै छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update