हिमाल दैनिक
अनलाइन क्लास लिदै गर्दा फोन पड्किएपछि
mobile-blast
घरबाटै अफिसको मिटिंग एटेण्ट गर्न होस् वा विद्याथीहरुलाई अनलाइन क्लास पढ्न, यी कामहरुका लागि स्मार्टफोन जरुरी नै भएको छ । तर, यही स्मार्टफोन कति खतरनाक हुन सक्छ भन्ने हामीले कल्पना पनि गर्न सक्दैनौ । पछिल्लो समय अनलाइन क्लास लिंदै गर्दा फोन पड्केको खबरहरु हामीले सुन्दै आइराखेका छौ । यस्तै घटनाको भारतको मध्यप्रदेशमा भएको छ। बिहिबार भारतको मध्यप्रदेशको एक बिद्यालयको अनलाइन क्लास पढ्दा पढ्दै १५ बर्षिय बिधार्थीको मोबाइल पड्किएको छ । ८ कक्षामा पदने रामप्रकाश भदौरिया बिद्यालयको अनलाइन क्लास लिंदै थिए, अचानक उनको मोबाइल पड्कियो । घटना हुने क्रममा रामप्रकाश घरमा एक्लै थिए । पुलिसका अनुसार मोबाइल पड्केको आवाज छिमेकीले सुनेर उनको घरमा पुगेका थिए । त्यसपछि उनलाई जिल्ला अस्पतालमा लगिएको बताइएको छ । भारतीय संचार मध्यम पीटीआईका अनुसार बिद्यार्थीको चिउडोमा चोट लागेको छ ।
प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update