हिमाल दैनिक
सलमान खानको 'बजरंगी भाईजान'को सीक्वल बन्ने पक्का
Bajrangi-Bhaijaan-2-Salman-Khan
बलिउड अभिनेता सलमान खानको सुपरहिट फिल्म 'बजरंगी भाईजान'को सीक्वल बने भएको छ । ६ बर्ष अघि बनेको बजरंगी भाईजान फिल्म सलमान खानको करियरकै राम्रो फिल्म मध्य एक हो । यस फिल्ममा उनले गरेको अभिनयलाई दर्शकहरुले निकै रुचाएका थिए । जनवरी ७ बाट रिलिज हुन लागेको फिल्म 'आरआरआर'को एक कार्यक्रममा सलमान खानले नै बजरंगी भाईजानको सीक्वल बनाउने तयारी भईरहेको जानकारी दिए । उक्त कार्यक्रममा सलमान, कारण जोहर, अलिया भात जुनियार एनटीआर, रामचरण र फिल्मका निर्देशक एस एस राजामौली सहभागी थिए । सन् २०१५ मा रिलिज भएको बजरंगी भाईजानले इण्डियन बक्स अफिसमा ३०० करोडको र बिश्वभर ५०० करोड भन्दा बढीको व्यापार गरेको थियो । यस फिल्मलाई कबिर खानले निर्देशन गरेका थिए भने फिल्ममा सलमान संग हर्षाली मल्होत्रा, नवाजुद्दीन सिद्दीकी र करीना कपूर मुख्य भूमिकामा देखिएका थिए ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update