हिमाल दैनिक
अल्लु अर्जुन र रश्मिकाको रोमान्सले मचायो हंगामा, विवादास्पद सिन हटाउने निर्माताहरुको निर्णय
all-arjun-rakishma-pushpa
'पुष्पा: द राइज' फिल्मबाट साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मंदानाको एक विवादास्पद दृश्य हटाउने फैसला गरेको छ । शुक्रबारदेखि रिलिज भएको पुष्पा फिल्मको एक रोमान्टिक सिनप्रति केहि दर्शकहरुले आपति जनाएपछि निर्माताहरुले उक्त सिन फिल्मबाट नै हटाउने निर्णय गरेको हो । अल्लु अर्जुनका समर्थनहरुले 'वैन सीन' या 'टिफिन सीन' मा अनलाइनमा चर्चा गरेर निर्माताहरुलाई केहि सिन हटाउने सल्लाह दिएका थिए । उक्त सिनले विवाद बढ्न सक्ने अनुमान लगाएपछि निर्माताहरुले ति सिनहरु हटाउने निर्णयमा पुगेको छ । https://youtu.be/pKctjlxbFDQ यस फिल्ममा अल्लु अर्जुन र रश्मिकाको जोडीलाई दर्शकले निकै रुचाएका छन् । यो फिल्म आन्ध्रप्रदेशको जंगलमा रक्त चन्दनको तस्करीमा आधारित छ। फिल्ममा रश्मिकालाई एकदम नयाँ अन्दाजमा देखिएकी छिन् भने फिल्ममा सामान्था रथ प्रभुको आइटम गीतले पनि धमाल मचाएको छ । सुकुमार द्वारा निर्देशित यस फिल्ममाअल्लू अर्जुन, रश्मिका मंदाना मुख्य भूमिकामा देखिएका छन् । शुक्रबारदेखि रिलिज भएको यो फिल्मले बिश्वभर राम्रो ओपनिङ्ग गरेको छ । दुई दिनमा नै यसले बक्स अफिसमा राम्रो कमाई गरेको छ । यो फिल्म एक साथ तमिल, तेलगु, कन्नड़, मलयालम र हिन्दिमा रिलिज भएको थियो । भारतमा यसले पहिलो दिनमा नै ३ करोड, दोश्रो दिन ४ करोड गर्दै दुई दिनमा नै ७ करोडको कमाई गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update