हिमाल दैनिक
काजीको एक मात्र सपना कबड्डी–४ मा पुरा होला त ?
KABBADI 4 - The Final Match - OFFICIAL TEASER - DAYA HANG RAI - SAUGAT MALLA - MIRUNA MAGAR 2-6 screenshot
कबड्डी फिल्मको चौथो सिक्वेलको ट्रेलर सार्बजनिक भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको 'कबड्डी–४:द फाइनल म्याच'को ट्रेलर सोमबार सार्बजनिक भएको हो । यस फिल्ममा दयाहाङ राई, बुद्दि तामाङ, विजय बराल, सौगात मल्ल, मिरुना मगर लगायत कलाकार रहेका छन् । काजी र शान्ति मिसको प्रेमको बारेमा देखाइएको छ भने यसअघि काजीको प्रेममा तगारो बनेका बम काजी पनि फेरी यस फिल्ममा फर्किएका छन् । त्यस्तै, फिल्मका एक चर्चित पात्र झाँक्री पनि ट्रेलरमा देखिएका छन् । कबड्डी सिरिजको अन्तिम भाग भएको बताइएको छ । सधै प्रेममा धोका खाईराखेका काजी, सधै अरुलाई आफ्नो कथा ब्यथाको रुपमा सुनाउने काजीले यस अन्तिम भागमा के हुन्छ ? भन्ने जिज्ञासा यस ट्रेलरले दर्शक माझ जगाएको छ । काजीको बिहे हुने वा नहुने भन्ने कुरा २०७९ साल बैसाख २३ मा पक्कै थाहा हुनेछ । https://youtu.be/3GJMp1y57YA
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update