हिमाल दैनिक
टेस्ला गाडी अटोपाइलट मोडमा राखेर महिलाले दिईन बच्चालाई जन्म
tesla-autopilot
टेस्लाको इलेक्ट्रिक गाडीको फिचर अहिले बिश्वभर चर्चाको बिषय बनेको छ । टेस्लाको गाडीमा रहेको अटोपाइलट फिचरको चर्चा समय-समयमा हुँदै आइराखेको छ । एक पटक फेरी यसको फिचर चर्चाको बिषय बनेको छ । एक महिलाले टेस्ला कारमा एक बच्चालाई जन्म दिएकी छिन् । गाडीमा बच्चालाई जन्म दिएको भन्ने खबर त हामीले सुन्दै आइराखेका छौ तर उक्त महिलाले गाडी अटोपाइलट मोडमा राखेर गाडीभित्र बच्चालाई जन्म दिएकी हुन्। आखिर के भएको थियो? ३३ बर्षिय यिरान शेरी आफ्नो श्रीमान कीटिंग शेरी अमेरिकाको फिलाडेल्फियामा बस्छिन् । यिरान गर्भवती थिइन् र आफ्नो श्रीमान कीटिंगसंग टेस्ला मोडल ३ इलेक्ट्रिक कारमा बसेर अस्पताल जाँदै थिइन् । अस्पताल जाने क्रममा यिरानलाई प्रसव वेदना सुरु भयो । यिरानलाई निकै कठिनाइ भएपछि उनले गाडीमा नै बच्चा जन्माउने फैसला गरिन् । कीटिंगले पनि आफ्नो पत्नीलाई सहारा दिनका लागि गाडी अटोपाइलट मोडमा राखेर आफ्नी पत्नीलाई मद्दत गर्ने लागे । उता बाटोमा भने गाडी आफै चलिराखेको छ। यसैबीच यारिनले गाडीमा नै बच्चा जन्माइन र अस्पताल पुगिन् । अहिले यस बच्चालाई फर्स्ट टेस्ला बेबीले नाम दिईएको छ । बच्चाको जन्म भएपछि कीटिंगले ट्वीट गर्दै आफ्नो पत्नीले मेवलाई टेस्ला मोडल ३ को फ्रन्ट सिटमा जन्म दिएको जानकारी दिएका हुन् ।  के हो टेस्लाको अटोपाइलट मोड ? टेस्लाको अटोपाइलट एक ड्राइवर असिस्टिंग प्रोग्राम हो , जुन टेस्लाको इलेक्ट्रिक गाडीहरुलाई पूर्ण रुपमा सेल्फ ड्राइविंग मोडमा परिवर्तन गरेको छ । अटोपाइलट मोडमा चालकलाई गाडी चलाउन जरुरत छैन । गाडी आफै चल्नेछ । अहिले अटोपाइलट मोडमा टेस्लाको गाडीमा स्पिड कन्ट्रोल, गाडीको आसपासमा रहेको चीजमा ध्यान दिने, गाडीलाई कन्ट्रोल गर्ने, ब्रेक लगाउने र पार्क गरे सुबिधा रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update