हिमाल दैनिक
नेपालमा सोमबार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १ सय ५७ पिसिआर परिक्षणका क्रममा २ सय ५१ जना र १ हजार ७ सय २९ एन्टीजेन परिक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ६ सय ७३ पुगेका छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ११ हजार ५ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ३१ सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।  
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update