हिमाल दैनिक
भारतमा कोरोनाको संक्रमण एक पटक फेरी तीब्र रुपले बढ्दै गएको छ । पछिल्लो केहि दिन यता भारतको राजधानी दिल्ली र मुम्बईमा हरेक दिन संक्रमितको संख्याले रेकर्ड तोड्दै गएको छ । बुधबार मात्रै मुम्बईमा १५ हजारजनामा कोरोना संक्रमण देखा परेको छ । यो तथ्यांक गत बर्षको ४ अप्रिल पछिकै सबैभन्दा बढी केस हो । यहाँ एकै दिनमा नै ३९ प्रतिशतले संक्रमण दर बढेको हो भने ३ जनाको मृत्यु भएको छ । आज १ हजार १८ जना अस्पताल भर्ना गरिएको छ, जहाँ ८० संक्रमित अक्सिजन सपोर्टमा रहेको भारतीय संचार मध्यमले जनाएको छ । त्यस्तै दिल्लीमा सात महिना पछि हिजो १० हजार ६६५ जनामा कोरोना पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या अहिले बढेर २३ हजार ३०७ पुगेको छ । दिल्लीमा संक्रमितको संख्या ११.८८ प्रतिशतले बढेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा २८ जिल्लामा एक हप्तामा संक्रमित दर १० प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै ४३ जिल्लामा संक्रमित दर ५ देखि १० प्रतिशत बीच रहेको बताइएको छ। २९ डिसेम्बरमा ०.७ प्रतिशत रहेको संक्रमित दर ५ जनवरीमा ५.०३ प्रतिशत पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update