हिमाल दैनिक
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । आइतबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा २१ महिला र १७ पुरुष गरि ३८ जनामा संक्रमण पुष्टि भएको हो । लम्जुङ्ग जिल्लामा एक महिला, एक पुरुष , र कास्की जिल्लामा २० महिला, १५ पुरुष र नवलपरासी(ब स पुर्व)मा १ पुरुषमा संक्रमण देखिएको छ । यससंगै गण्डकी प्रदेशमा अहिलेसम्म कुल ८८ हजार ५७६ मा संक्रमण देखिएको छ संक्रमित सबै जनालाई आइसोलेसनमा व्यवस्थापन गरिएको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update