हिमाल दैनिक
काठमाडौं उपत्यकामा पुनः कोरोना संक्रमण बढ्दा भिडभाड हुने क्षेत्रलाई प्रतिवन्ध लगाउने तयारी भएको छ । शनिबार काठमाडौंमा बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आ–आफ्नो जिल्लामा कोरोना संक्रमणको मूल्याङ्कन गरेर केहि क्षेत्रमा प्रतिवन्ध लगाउने बिषयमा छलफल भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले तीनवटै जिल्लामा कोरोनाको अवस्थामा बारेमा जानकारी दिएर पुन संयुक्त बैठक बस्ने बताए । उनले आफूहरूले अहिल्यै निषेधाज्ञा, ‘लकडाउन’ गर्नेबारे तयारी नगरेको जानकारी दिएर । उनले सरकारको निर्देशन पछि आफुहरु आगामी रणनीति तय गर्ने निष्कर्षमा पुगेको बताए । उनले बढी भिडभाड हुने क्षेत्रमा भिडभाड कम गर्ने प्रावधान ल्याउन सकिने धारणा राखे । तीनवटै जिल्ला प्रशासन कार्यालयले पहिलेकै अवस्था आउन सक्ने जोखिम भएकाले पूर्ण सावधानी र स्वास्थ्य मापदण्ड पालना गराउन सचेत रहेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update