हिमाल दैनिक
कोरोना भाइरसको ओमिक्रोन भेरीएन्ट बिश्वभर ब्यापक रुपमा फैलिदै गएको छ । यसै बीच कोभिड-१९ को नयाँ स्ट्रेन पत्ता लागेको छ । अन्तराष्ट्रिय संचार मध्यमका अनुसार साइप्रसमा डेल्टा र ओमिक्रोन भेरीएन्टको मिल्दो जिल्दो स्वरूप पत्ता लागेको छ । बैज्ञानिकले ओमिक्रोन र डेल्टाबाट बनेको कोरोनाको नयाँ भेरीएन्ट पत्ता लागेको छ । साइप्रसमा कोभिड-१९ को नयाँ स्ट्रेन डेल्टाक्रोन (Deltacron) पत्ता लागेको छ । डेल्टाक्रोन भेरीएन्ट ओमिक्रोन र डेल्टा भेरीएन्टको सम्मलित रुपभएको दाबी गरिएको छ । साइप्रस बिश्वबिद्यालयको जैविक बिज्ञानका प्रोफेसर र आणविक विषाणु विज्ञानको प्रयोगशालाका प्रमुख लियोनडिओस कोस्त्रिकिस (Leondios Kostrikis) का अनुसार कोभिड-१९ को नयाँ स्ट्रेन पाइएको छ जुन डेल्टा र ओमिक्रोनसंगै जोडिएको छ । प्रोफेसर कोस्त्रिकिसले वर्तमान समयमा ओमिक्रोन र डेल्टा सह संक्रमण रहेको बताए । डेल्टा जीनोम भित्र ओमिक्रोनको पहिचानका कारण यसलाई स्ट्रेन 'डेल्टाक्रोन' नाम दिइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update