हिमाल दैनिक
भारतमा बुधबार दुई लाख भन्दा बढीमा कोरोना पुष्टि भएको छ । तेस्रो लहरमा २४ घण्टाको समयमा २ लाख भन्दा बढीमा संक्रमण देखिएको यो पहिलो पटक हो । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ४५ हजार ५२५ संक्रमित थपिएका छन् भने ३७९ जनाको मृत्यु भएको छ। त्यस्तै ८४ हजार ४७९ संक्रमित निको भएको बताइएको छ । सक्रिय संक्रमितको संख्या ११ लाख भन्दा बढी रहेको छ । भारतको राजधानी दिल्लीमा २७ हजार ५६१ संक्रमित थपिएको छ भने ४० जनाको मृत्यु भएको छ । पछिल्लो ४ दिनमा यहाँ ९७ को मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update