हिमाल दैनिक
विश्वभर पछिल्लो २४ घण्टामा २७ लाख ७२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा कुल ७ हजार ८४७ जनाको मृत्यु भएको चाह भने ९ लाख ५५ हजार जना कोरोना मुक्त भएका छन् । नयाँ संक्रमितको मामिलामा अमेरिका शिर्ष स्थानमा रहेको छ । त्यहाँ ६ लाख ७२ हजार संक्रमित रहेका छन् भने फ्रान्स ३ लाख ६८ हजार सहित दोश्रो स्थानमा रहेको छ । त्यस्तो इटाली २ लाख २० हजार नयाँ सक्रमित तह्पिएका छन्। मंगलबार विश्वभर कुल २२ लाख ९ हजारमा संक्रमण पुष्टि भएको थियो। त्यस्तै जर्मनीमा बुधबार ८० हजार ४३० मा संक्रमण पुष्टि भएको भने ३८४ जनाको मृत्यु भएको छ । कोरोना महामारीको शुरुवात पछि यो अहिले सम्मकै धेरै संख्या हो । यस अघि २५ नोभेम्बर २०२१ मा ७६ हजार १३२ मा संक्रमण देखिएको थियो।
विश्वमा कोरोना संक्रमणको स्थिति
  • कुल संक्रमित: ३१.३९ करोड
  • निको भएका : २६.१६ करोड
  • सक्रिय संक्रमित: ४.६७ करोड
  • मृत्यु: ५५.२० लाख
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update