हिमाल दैनिक
चर्को शुल्क लिने तीन मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग
devendra-poudel
सात विद्यार्थी संगठनले विद्यार्थीबाट चर्को शुल्क माग्ने नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेका छन् । बिहीबार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउदै बिद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिने उक्त कलेजहरुमाथि छानविन गर्दै सम्बन्धन खारेज गर्न माग गरेका हुन् । त्यस्तै उनीहरुले तोके भन्दा बढि शुल्क विद्यार्थीमाथि लाद्न खोजिएको र बिद्यार्थीहरुमाथि नै धाकधम्की र ठगीविरुद्ध कानुनबमोजिम कडा कारबाहीका लागि माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै शिक्षामन्त्री पौडेलले तीनवटै कलेजको बिषयमा उठेका प्रश्नको छानविन सुरु गरिसकेको बताए । उनले राज्यले कानून हेर्ने भएकाले कानून अनुसार काम नभएको पाइए कलेजहरुलाई कारवाही गर्ने स्पष्ट पारे । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौँले शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update