हिमाल दैनिक
नेपालमा आइतबार ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ५ सय ७३ पिसिआर परिक्षणका क्रममा ४ हजार ५ सय ३४ जना र २ हजार ५ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५५ हजार २ सय ६ पुगेको छ । त्यस्तै कोरोनाका कारण हालसम्म नेपालमा ३ जनाको मृत्यु भएको छ । हालस्म्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २० जनाले ज्यान गुमाएका छन् । त्यस्तै गत २४ घण्टामा ४ सय ३५ जना निको भएका छन् । हाल मुलुकभर २५ हजार ६ सय ८० सक्रिय संक्रमित आइशोलेशन र १ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update