हिमाल दैनिक
माघ १५ गतेसम्म सिनेमा हल, जिम, डान्स बार बन्द
gyanendra-bahadur-karki
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारको धारणा सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भीडभाड हुने क्षेत्रमा कोभिड प्रोटोकल जारी गरेको जानकारी दिएका हुन् । जसअनुसार माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु बन्द गर्ने निर्णय भएको छ । बिवाह, ब्रतवन्ध लगायतका धार्मिक कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति समेत लिनुपर्ने भएको छ । कुनै पनि प्रतियोगितामा कूल क्षमताको एक तिहाई मात्र दर्शकले प्रतियोगिता हेर्न पाउने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । मन्त्रीपरिषद्ले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्राकृतिक स्रोत बाँडफाड गर्ने निर्णयसमेत गरेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update