हिमाल दैनिक
कुनै पनि प्रदेशले नपाएको पहिचान मधेश प्रदेश पायो: महतो
rajendra-mahato
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले मधेश प्रदेशले पहिचान स्थापित भएको भन्दै अधिकार प्राप्तीको ढोका खुल्ला भएको बताएका छन्। प्रदेश नंवर २ को नाम मधेश प्रदेश भएपछि राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान नेपालले मंगलबार काठमाडौंमा गरेको बधाई कार्यक्रममा महतोले प्रदेशको पहिचान नभएसम्म अधिकार पाउन नसकिने अवस्थाको अन्त्य भएको बताएका हुन् । अधिकार, पहिचान र बहुलराज्य मान्यतालाई स्थापीत गराउने आफुहरुको अभियान सफलतातर्फ अघि बढेको उनले बताए । महत्तोले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको नारा लगाएपनि अधिकांश प्रदेशले पहिचान पाउन नसकेको जिकिर गरे । त्यस्तै उनले मधेशी जनताले यसअघि उठाउदै आएका अन्य मुद्धाहरुलाइ पनि स्थापीत गर्न निरन्तर खवरदारी गरिने धारणा राखे ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update