हिमाल दैनिक
केएमसी कलेजमा तालावन्दी
KMC-college
बिभिन्न बिद्यार्थी संगठनहरुले विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको भन्दै सिनामंगलस्थीत काठमाडौं मेडिकल कलेजमा तालावन्दी गरेका छन् । आइतबार नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू लगाएतका बिद्यार्थी संगठनले संयुक्त रुपमा कलेज प्रशासनमा तालाबन्दी गरेका हुन् । सरकारी प्रतिनिधिसामू तोकेभन्दा बढी शुल्क नलिने सहमति गरेपनि कजेल भने अतिरिक्त शुल्क असुल्दै आएको आरोप बिद्यार्थी संगठनको छ । तालावन्दीका क्रममा बिद्यार्थीहरुले कलेजमा तोडफोड समेत गरेका छन् । तालावन्दीपछि आयोजित बिरोध सभामा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले मेडिकल शिक्षामा भइरहेको लुटतन्त्रको सदैव बिरोध गरिने बताए । उनले अतिरिक्त शुल्क लिने निर्णय फिर्ता नभएसम्म आफुहरुको आन्दोलन नरोकिने स्पष्ट पारे । कलेजमा एमबीबीएस, बीडीएस र बीएनएसमा अध्ययनरत विद्यार्थीबाट होस्टल शुल्कलगायतका नाममा चर्को शुल्क असुल गरिएको भन्दै अध्ययनरत विद्यार्थी आन्दोलित छन् । उनीहरुको आन्दोलनप्रति नेपाल विद्यार्थी संघ, अनेरास्ववियूू, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी लगाएतले समर्थन गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update