हिमाल दैनिक
प्याब्सनकाे केन्द्रीय उपाध्यक्षमा बीरबहादुर बुढाथोकीको उम्मेदवारी
bir-bahadur-budhathoki
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनमा गण्डकी प्रदेशका वर्तमान उपध्यक्ष वीर बुढाथोकीले केन्द्रिय उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आजबाट हुन लागेको अधिवेशनमा आगामी कार्यकालका लागि गण्डकी प्रदेशका वर्तमान उपाध्यक्ष बुढाथोकीले खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । नयाँ कार्यसमितिमा बिधान अनुसार पाँच उपाध्यक्षका लागि हुने निर्वाचनमा उनको बलियो उम्मेदवारी रहेको हो । त्यस्तै, अध्यक्षमा भने पुर्व सहमति अनुसार नै वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना सर्वसम्मत सहमति भईसकेको बताइएको छ । झन्डै ४ दशकदेखि शिक्षा क्षेत्रमा योगदान गर्दै आएको बुढाथोकी हाल पोखरा स्थित गोल्डेन फ्युचर बोर्डिङ्ग स्कुलका संस्थापक पनि हुन् । अहिले उनि प्याब्सन कास्कीको सल्लाहकार समेत हुन् । त्यस्तै प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update