एसइई परिक्षाको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।
बुधबार बोर्डको बैठकपछि एसईईको नजिता सार्वजनिक गरेको हो।
परिक्षामा ४ लाख ९५ हजार ७ सय ५१ बिद्यार्थी सहभागी भएकामा ३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या नौ हजार ६३३ रहेको छ।
त्यस्तै ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् भने ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएको बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिए।
त्यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याउदा एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएको उनले बताए।
त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको अर्यालले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय